Kathmandu Press

माओवादी देशको केन्द्रबिन्दु बन्नेछ : ‘प्रचण्ड’

चितवन, १२ कात्तिक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ले माओवादीले नै देशको भविष्य निर्माण गर्ने बताएका छन्।माओवादी केन्द्र भरतपुर महानगर समितिले आज चितवनमा...
माओवादी देशको केन्द्रबिन्दु बन्नेछ : ‘प्रचण्ड’

चितवन, १२ कात्तिक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ले माओवादीले नै देशको भविष्य निर्माण गर्ने बताएका छन्।

माओवादी केन्द्र भरतपुर महानगर समितिले आज चितवनमा आयोजना गरेको चियापान एवं शुभकामना आदानप्रदान कार्यक्रममा उनले माओवादी देशको केन्द्रबिन्दु बन्ने बताएका हुन्।
 
उनले भने, ‘तपाईंहरुलाई अब माओवादी सिद्धियो–सिद्धियो भन्ने लाग्यो होला तर त्यस्तो होइन, फेरि एकपटक माओवादी पार्टी नै यो देशको भविष्य निर्माता बनेर आउँछ।’

माओवादीले मात्र देशको रक्षा र जनताको हितमा काम गर्ने उनको भनाइ थियो। आगामी आमनिर्वाचनबाट माओवादी देशको नेतृत्व गर्ने पार्टीका रूपमा आउने भन्दै उनले सबै कार्यकर्तालाई हृदयदेखि सहयोग गर्न आग्रह गरे। उनले भन्, ‘म त हाम फालेकै छु हाम फालिराख्छु। तपाईहरु लाग्नुस्।’

माओवादी सरकारमा हुँदा वा नहुँदा जुनसुकै समयमा पनि जनताकै बीचमा रहेर जनअपेक्षाअनुसार काम गरेको दाबी उनले गरे। उनले आफू राजनीति र जनताको कामबाट नथाक्ने र कहिल्यै नभाग्ने बताए। उनले आफू चितवनबाट कतै नभाग्ने पनि बताए। 

उनले एमाले अध्यक्ष केपी ओलीले गरेको टिप्पणीप्रति इङ्गित गर्दै भने, ‘प्रचण्ड भाग्छ भनेर आत्मरतिमा नरमाउनुस्।’ एमाले महाधिवेशन चितवनमा हुने भएपछि अब प्रचण्ड भाग्छ र कालीकोट या बर्दिया जान्छ भन्ने भित्रभित्रै प्रचार गरिएको उनको भनाइ थियो। उनले भने, ‘मैले अस्ति यहाँ आएर भनिसकेको छु, म कतै जान्नँ अब। म चितवन छोड्दिन र विकासका काममा थाक्दिन पनि।’

माओवादी केन्द्रका महानगर इञ्चार्ज रेनु दाहालको अध्यक्षमा सम्पन्न कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी केन्द्रमा प्रवेश गर्नेलाई अध्यक्ष दाहालले स्वागत गरेका थिए।

प्रकाशित मिति: १४:३१ बजे, शुक्रबार, कात्तिक १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्