सांग्रिला डेभलपमेन्ट बैंकको वित्तीय साक्षरता कार्यक्रम
सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो स्थापनाको १७ वर्ष प्रवेशका अवसरमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।
काठमाडौं, कात्तिक १२ : सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो स्थापनाको १७ वर्ष प्रवेशका अवसरमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।
बैंकले महिलाकेन्द्रित कार्यक्रम सञ्चालन गरिरहेको छ । त्यसअन्तर्गतस्थानीय स्तरमै पुगी बैंकिङसम्बन्धी कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ ।
कार्यक्रमका सहभागीहरूलाई यस्तै, मास्क र मायाको चिनो वितरण गरेको छ । स्थापनाको १७ वर्षका अवसरमा महिलासँगै विद्यालय तथा अन्य संस्थामाझ वित्तीय जानकारी अझ प्रभावकारी रूपमा जानुपर्ने विश्वास बैंकको छ ।
प्रकाशित मिति: १४:१७ बजे, शुक्रबार, कात्तिक १२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











