कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति निधिलाई
कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले उपसभापति विमलेन्द्र निधिलाई पार्टी कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापतिको जिम्मेवारी दिएका छन् ।
काठमाडौं, कात्तिक १२ : कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले उपसभापति विमलेन्द्र निधिलाई पार्टी कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापतिको जिम्मेवारी दिएका छन् ।
जलवायु परिवर्तनसम्बन्धी कोप–२६ सम्मेलनमा सहभागी हुन बेलायत प्रस्थान गर्नुअघि सभापति देउवाले निधिलाई कार्यवाहक सभापति तोकेका हुन् ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टीको विधानको धारा २५ को उपधारा (१३) बमोजिम स्वदेश नफर्कुन्जेलसम्मका लागि उपसभापति निधिलाई सभापति देउवाले पार्टीको कार्यवाहक सभापति तोकेका हुन् ।
प्रकाशित मिति: १२:४६ बजे, शुक्रबार, कात्तिक १२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











