Kathmandu Press

प्रधानन्यायाधीश जबराले शुक्रबारलाई तोके आठ इजलास

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले शुक्रबारका लागि आठवटा इजलास तोकेका छन् । ती इजलासमा एक सय ७२ थान मुद्दाको पेशी तोकिएको छ ।
प्रधानन्यायाधीश जबराले शुक्रबारलाई तोके आठ इजलास

काठमाडौं, कात्तिक १२ : प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले शुक्रबारका लागि आठवटा इजलास तोकेका छन् । ती इजलासमा एक सय ७२ थान मुद्दाको पेशी तोकिएको छ ।

तोकिएकामध्ये सातवटा संयुक्त इजलास छन् । यस्तै, न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासमा १६ वटा मुद्दाको पेशी तोकिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशहरू गत सोमबारदेखि नै इजलासमा बसेका छैनन् । सर्वोच्चका सबै न्यायाधीश प्रधानन्यायाधीश जबराको बहिर्गमनको पक्षमा उभिएका छन् । प्रधानन्यायाधीश जबराले भने आफू संवैधानिक प्रक्रियाबाट पदमा आएकाले सोही विधिबाट मात्र बाहिरिने र राजीनामा नदिने अडान सार्वजनिक गरिरहेका छन् ।

नेपाल बार एसोसिएन, सर्वोच्च बार, पूर्वप्रधानन्यायाधीशहरू, पूर्वन्यायाधीश फोरम, वरिष्ठ अधिवक्ताहरू लगायत विभिन्न क्षेत्रबाट प्रधानन्यायाधीश जबराको राजीनामा माग भइरहेको छ । तर, उनी पदबाट राजीनामा दिएर बाहिरिने मनस्थितिमा देखिँदैनन् । यही विवादबीच शुक्रबार पनि सर्वोच्चमा इजलास बस्ने–नबस्ने निश्चित छैन ।

प्रकाशित मिति: १२:३५ बजे, शुक्रबार, कात्तिक १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्