Kathmandu Press

चार सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं, कात्तिक १२ : सुनको मूल्य प्रतितोला रु. ४०० ले गिरावट भएको छ। स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. ९२ हजार तोकिएकोमा...
चार सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं, कात्तिक १२ : सुनको मूल्य प्रतितोला रु. ४०० ले गिरावट भएको छ। स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. ९२ हजार तोकिएकोमा बिहीबार प्रतितोला रु. ९२ हजार ४०० मा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९१ हजार ५०० रहेकामा बिहीबार प्रतितोला रु ९१ हजार ९०० मा कारोबार भएकोे थियो।

यसैगरी  आज चाँदी बिहिबारको तुलनामा  प्रतितोला रु. ५ घटेर रु. एक हजार २४५ कायम भएको छ। चाँदी बिहीबार प्रतितोला रु. एक हजार २५० मा कारोबार भएको थियो।

छापावाल सुन यो साताको मंगलबार अधिकतम रु. ९२ हजार ६०० मा कारोबार भएको थियो। महासङ्घले अन्तर्राष्ट्रिय बजारको कारोबार मूल्यका आधारमा यहाँ सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ।

प्रकाशित मिति: १२:०१ बजे, शुक्रबार, कात्तिक १२, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्