Kathmandu Press

स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन आवश्यक : प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्र सुधारका लागि आमूल परिवर्तन गर्नुपर्ने बताएका छन् ।
स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन आवश्यक : प्रचण्ड

चितवन, कात्तिक १२ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्र सुधारका लागि आमूल परिवर्तन गर्नुपर्ने बताएका छन् ।

अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघले शुक्रबार चितवनमा आयोजना गरेको ‘चितवनको स्वास्थ्य सरोकारमा क. प्रचण्ड’ विषयक अन्तक्र्रियालाई सम्बोधन गर्दै उनलेस्वास्थ्य क्षेत्रमा नीतिगत रूपमा आमूल परिवर्तन ल्याउनुपर्ने बताए ।
 
राजनीतिक परिवर्तन भए पनि पुरानै ऐन, नियम र परम्परा कायम रहेकाले स्वास्थ्य क्षेत्रमा परिवर्तन आउन नसकेको उनले उल्लेख गरे । प्रचण्डले भने, ‘राजनीतिक परिवर्तन हुन्छ, ऐन, नीति परम्परा बदलिँदैन, संविधानअनुसार ऐन छैन ।’

संविधानमा समाजवादोन्मुख राज्य भने पनि व्यवहारमा त्यो लागू गर्न नसकिएको बताउँदै उनले भने, ‘संविधान र राजनीतिक दस्तावेजमा राम्रा कुरा लेखिए तर व्यवहारमा आएन ।’ आफूहरूले देखेको सपना स्वास्थ्य र शिक्षा राज्यको दायित्वभित्र पर्ने विषय भएको जनाउँदै उनले स्वास्थ्य र शिक्षालाई मौलिक अधिकारका रूपमा लिएर पनि ठोस रूपमा प्रगति हुन नसकेको बताए ।

भरतपुरको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा अर्बौँ लगानी भइसकेकाले क्यान्सरसँग सम्बन्धित केन्द्र अन्यत्र हुन नसक्ने उनको भनाइ थियो । क्यान्सर प्रतिष्ठान भक्तपुरमा बनाउन लागिएको उल्लेख गर्दै उनले भने, ‘क्यान्सरको केन्द्र चितवनबाहेक अन्यत्र बनाउन सम्भव छैन ।’

प्रकाशित मिति: ११:३७ बजे, शुक्रबार, कात्तिक १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्