Kathmandu Press

३ मंसिरदेखि हस्तकला व्यापार मेला

आगामी ३-५ मंसिरमा काठमाडौंमा हस्तकला व्यापार मेला हुने भएको छ ।
३ मंसिरदेखि हस्तकला व्यापार मेला

काठमाडौं, कात्तिक १२ : आगामी ३-५ मंसिरमा काठमाडौंमा हस्तकला व्यापार मेला हुने भएको छ ।

नेपाल हस्तकला महासंघले विगतजस्तै यस वर्ष पनि १८औँ हस्तकला व्यापार मेला एवं १६औँ हस्तकला प्रतियोगिता होटल ह्यात रिजेन्सी बौद्धमा गर्न लागेको हो ।

कोरोना महामारीका कारण शिथिल बनेको नेपाली हस्तकलाको आन्तरिक तथा बाह्य बजारलाई चलायमान बनाउन मेला आयोजना गर्न लागेको महासंघले जनाएको छ ।

महासंघका अध्यक्ष सुरेन्द्रभाइ शाक्यका अनुसार मेलामा नेपाली हस्तकलाका १२० कक्ष रहने छन् । नेपाली हस्तकलालगायत अन्य उत्पादित सामानको स्वदेशी–विदेशी बजार प्रवर्द्धन, नेपाली उद्यमी व्यवसायी र विदेशी हस्तकला आयातकर्ताबीचमा व्यावसायिक सम्बन्ध विकास गर्न मेला आयोजना गरिएको उनले बताए ।

मेलामा ज्येष्ठ कलाकारलाई सम्मान गर्ने कार्यक्रम पनि छ । प्रधानमन्त्री शेरबहादुर देउवाले मेलाको उदघाटन गर्ने तय भएको छ ।

प्रकाशित मिति: ११:२२ बजे, शुक्रबार, कात्तिक १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्