कांग्रेस नेता सिंह अस्पतालबाट डिस्चार्ज
काठमाडौं, साउन २७ : नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह डिस्चार्ज भएका छन्।
अस्वस्थ भएपछि ललितपुरको मेडिसिटी अस्पताल....
काठमाडौं, साउन २७ : नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह डिस्चार्ज भएका छन्।
अस्वस्थ भएपछि ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना भएका सिंह सोमबार आठ दिनपछि डिस्चार्ज भएका हुन्। सिंहको स्वास्थ्यमा सुधार आएपछि अस्पतालले डिस्चार्ज गरेको उनका सहयोगी युपी लामिछानेले जानकारी दिए।
सिंहको उपचारमा डा. मिमी गिरी नेतृत्वको चिकित्सकको टोली संलग्न थियो। सिंहको सुधारमा पूर्णरुपमा आउन अझै केही दिन लाग्नेछ। चिकित्सकहरुले अझै केही दिन पूर्णरुपमा आराम गर्न सुझाव दिएका छन्।
हाइ सुगर, उच्च ज्वरो र पिसावमा संक्रमण देखिएपछि सिंह गत सोमबार दिउँसो अस्पताल भर्ना हुनु भएका थिए।
प्रकाशित मिति: १७:४७ बजे, सोमबार, साउन २७, २०७६
थप समाचार






