Kathmandu Press

राष्ट्रपति भण्डारी शनिबार ढोरपाटन जाने

काठमाडाैं, कात्तिक १२ :  राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार बागलुङको ढोरपाटन जाने भएकी छिन् । राष्ट्रपतिको अवलोकन भ्रमणका लागि शनिबार दिउँसो ढोरपाटन जाने छिन्।राष्ट्रपति...
राष्ट्रपति भण्डारी शनिबार ढोरपाटन जाने

काठमाडाैं, कात्तिक १२ :  राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार बागलुङको ढोरपाटन जाने भएकी छिन् । राष्ट्रपतिको अवलोकन भ्रमणका लागि शनिबार दिउँसो ढोरपाटन जाने छिन्।

राष्ट्रपति भण्डारी शनिबार ढोरपान आउन लागेको बागलुङका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले पुष्टी गरेका छन् । त्यसका त्यहाँको सुरक्षा र व्यवस्थापकीय प्रबन्ध चुस्त पारिएको उनले बताए ।

प्रजिअ कार्कीका अनुसार केही समय ढोरपाटन क्षेत्रमा बिताए राष्ट्रपति भण्डारी शनिबार नै फर्कनेछिन्। राष्ट्रपतिको भ्रमण तालिकाबारे विस्तृत जानकारी नआइपुगेको उनले बताए।

राष्ट्रपति आउने भएपछि प्रजिअको नेतृत्वमा सुरक्षा निकायका प्रमुखलगायत सरकारी निकायका पदाधिकारी ढोरपाटन पुगेका छन् । ढोरपाटन देशकै एकमात्र सिकार आरक्ष रहेको क्षेत्र हो ।

प्रकाशित मिति: १०:२५ बजे, शुक्रबार, कात्तिक १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्