Kathmandu Press

ट्राफिक जाम हुने काठमाडौंका मुख्य स्थानमा ‘ओभरहेड ब्रिज’ बनाइने

काठमाडौं, साउन २७ : सरकारले ट्राफिक जाम हुने काठमाडौंका मुख्य–मुख्य स्थानमा ‘ओभरहेड ब्रिज’ निर्माण गर्ने भएको छ।

भौति....

ट्राफिक जाम हुने काठमाडौंका मुख्य स्थानमा ‘ओभरहेड ब्रिज’ बनाइने

काठमाडौं, साउन २७ : सरकारले ट्राफिक जाम हुने काठमाडौंका मुख्य–मुख्य स्थानमा ‘ओभरहेड ब्रिज’ निर्माण गर्ने भएको छ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठले काठमाडौंको कोटेश्वर, गौशाला, नयाँ बानेश्वर, चावहिल, थापाथली र कालिमाटी चोकमा ओभरहेड ब्रिज निर्माण गर्ने तयारी गरिएको बताएका हुन्।  त्यसका लागि आवश्यक डिजाइनको काम सुरु भइसकेको मन्त्री महासेठको भनाइ छ।

सोमबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा मन्त्री महासेठले चालू आर्थिक वर्षभित्र काठमाडौंका सडकमा स्मार्ट लाइट व्यवस्थापन गर्ने पनि बताए। उनले त्यसका लागि सरकारले आवश्यक बजेटको समेत व्यवस्था गरिसकेको पनि बताए।

मन्त्री महासेठले सरकारले काठमाडौंलाई एक वर्षभित्र सुन्दर सहरको रुपमा विकास हुने गरी पूर्वाधार निर्माणको कामलाई सम्पन्न गर्ने लक्ष्य बनाएको बताए। उनले मुलुकमा रेल सेवा सञ्चालनका लागि रेलमार्ग निर्माणको कामलाई पनि अघि बढाइएको बताए। 
 

प्रकाशित मिति: १७:१९ बजे, सोमबार, साउन २७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्