प्रधानसेनापति शर्मा भारत जाँदै
काठमाडौं, कात्तिक १२ : प्रधानसेनापति प्रभुराम शर्मा आगामी कात्तिक २३ गते भारत भ्रमणमा जान लागेका छन्।भारतीय समकक्षी एमएम नरवाणेको औपचारिक निम्तोमा प्रधानसेनापति शर्मा...
काठमाडौं, कात्तिक १२ : प्रधानसेनापति प्रभुराम शर्मा आगामी कात्तिक २३ गते भारत भ्रमणमा जान लागेका छन्।
भारतीय समकक्षी एमएम नरवाणेको औपचारिक निम्तोमा प्रधानसेनापति शर्मा त्यसतर्फ जान लागेको नेपाली सेनाले जनाएको छ। गत भदौ २४ गते प्रधानसेनापति भएपछि उनको यो पहिलो विदेश भ्रमण हो।
भारत भ्रमण सकेर उनी कात्तिक २६ गते स्वदेश फर्कने कार्यक्रम छ। भारत भ्रमणको क्रममा उनले त्यहाँका राष्ट्रपतिबाट मानार्थ महारथीको दर्जाबाट सम्मानित हुने कार्यक्रम राखिएको छ।
नेपालका प्रधानसेनापति भारतीय सेनाका मानार्थ महारथी र भारतका सेनाध्यक्ष नेपाली सेनाका मानार्थ महारथी दर्जाले सम्मानित हुने परम्परा छ। सेनाका अनुसार शर्माले भारत भ्रमणमा समकक्षी जनरल नरवाणे लगायत भारतीय सेनाका विभिन्न निकायका प्रमुखसँग भेट्ने तय भएको छ।
प्रकाशित मिति: ०७:०३ बजे, शुक्रबार, कात्तिक १२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











