Kathmandu Press

एमाले महाधिवेशनमा १,५३६ प्रतिनिधि सहभागी हुने

काठमाडौं, कात्तिक ११ : आगामी मंसिर १०–१२ सम्म चितवनमा हुने नेकपा एमालेको  १० औं राष्ट्रिय महाधिवेशनमा एक हजार पाँच सय ३६ प्रतिनिधिहरू सहभागी...
एमाले महाधिवेशनमा १,५३६ प्रतिनिधि सहभागी हुने

काठमाडौं, कात्तिक ११ : आगामी मंसिर १०–१२ सम्म चितवनमा हुने नेकपा एमालेको  १० औं राष्ट्रिय महाधिवेशनमा एक हजार पाँच सय ३६ प्रतिनिधिहरू सहभागी हुने भएका छन् ।

बिहीबार ललितपुरस्थित पार्टी कार्यालयमा बसेको एमाले स्थायी कमिटी बैठकले एक हजार पाँच सय ३६ जना प्रतिनिधिहरू सहभागी गराउने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।

उनका अनुसार हरेक निर्वाचन क्षेत्रबाट एक हजार पाँच सय पार्टी सदस्यबाट तीन जना प्रतिनिधि छनोट हुने छन्। भूगोल कमिटीहरूबाट कुल एक हजार एक सय ९६ जना प्रतिनिधि छानिने ज्ञवालीले बताए।

बाँकी गैर भूगोलबाट तीन सय ४० जना गरी कुल एक हजार पाँच सय ३६ प्रतिनिधि छानिने छन्।

प्रकाशित मिति: २०:३१ बजे, बिहीबार, कात्तिक ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्