प्रदेश १ मा थप ९४ जनामा कोरोना सङ्क्रमण
विराटनगर, कात्तिक ११ : प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९४ जनामा कोरोना सङ्क्रमण भएको छ। प्रदेशको सामाजिक मन्त्रालयका अनुसार ५५७ जनाको पीसीआर...विराटनगर, कात्तिक ११ : प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९४ जनामा कोरोना सङ्क्रमण भएको छ।
प्रदेशको सामाजिक मन्त्रालयका अनुसार ५५७ जनाको पीसीआर परीक्षण गर्दा ७० र १५१ जनाको एन्टिजेन परीक्षण गर्दा २४ जनामा सङ्क्रमण देखिएको छ। पीसीआर परीक्षणका आधारमा मोरङमा २८, झापामा २१, सुनसरीमा २० र इलाममा एक जनामा सङ्क्रमण देखिएको हो।
स्थानीय मालिकाके आधारमा मोरङको विराटनगरमा १९, रतुवामाई र सुन्दरहरैँचामा तीन÷तीन, उर्लाबारी, कटहरी र लेटाङमा एक÷एक, झापाको मेचीनगर, विर्तामोड र भद्रपुरमा तीन÷तीन, गौरादह, अर्जुनधारा र दमकमा दुई÷दुई, बुद्धशान्ति, कनकाई, गौरीगञ्ज, शिवसताक्षी र कमल गाउँपालिकामा एक÷एक, सुनसरीको इटहरीमा १४, धरानमा तीन, इनरुवामा दुई, दुहवीमा एक र इलामको इलाम नगरपालिकामा एक जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ। प्रदेशमा आजै २६ महिलासहित ६३ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने एक महिलासहित पाँच जनाको मृत्यु भएको छ।