Kathmandu Press

कांग्रेस १४ औं महाधिवेशन मंसिर २४ देखि २६ सम्म (तालिकासहित)

आज पार्टी केन्द्रीय कार्यालय सानेपामा समितिको बैठक बसी संशोधित कार्यतालिका सार्बजनिक गरेको हो । नयाँ कार्यतालिका अनुसार कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर २४, २५ र २६ गते हुनेछ भने प्रदेश अधिवेशन मंसिर १६ र १७ गते हुनेछ ।
कांग्रेस १४ औं महाधिवेशन मंसिर २४ देखि २६ सम्म (तालिकासहित)
congress

काठमाडौं, कात्तिक ११ : नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले १४ औं महाधिवेशनको संशोधित कार्यतालिका सार्बजनिक गरेको छ ।

आज पार्टी केन्द्रीय कार्यालय सानेपामा समितिको बैठक बसी संशोधित कार्यतालिका सार्बजनिक गरेको हो । नयाँ कार्यतालिका अनुसार कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर २४, २५ र २६ गते हुनेछ भने प्रदेश अधिवेशन मंसिर १६ र १७ गते हुनेछ ।

यसअघि बुधबार बसेको निर्वाचन समितिको बैठकले मंसिर २७ देखि २९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव गरेको भएपनि आजको बैठकबाट तीन दिन अघि सारिएको हो । 

यस्तै वडा अधिवेशन हुन बाँकी रहेका १२ जिल्लामा कात्तिक २७ गते वडा अधिवेशन, कात्तिक ३० गते पालिका अधिवेशन हुनेछ ।  प्रदेश सभा क्षेत्रीय अधिवेशन मंसिर ३ र प्रतिनिधिसभा क्षेत्रको मंसिर ६ गतेका लागि मिति तय गरिएको छ ।

त्यसैगरी जिल्ला अधिवेशन मंसिर १० गतेका लागि तय गरिएको छ । कार्यतालिका उल्लेख भएअनुसार विवाद रहेका रसुवा र रौतहट जिल्ला भने समावेश गरिएको छैन् । 

प्रकाशित मिति: १९:२६ बजे, बिहीबार, कात्तिक ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्