प्रधान सेनापति शर्मा भारत भ्रमणमा जाँदै
काठमाडौं, कात्तिक ११ : नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्मा भारत भ्रमणमा जाने भएका छन्। भारतका सेनाध्यक्ष एम एम नरवणेको औपचारिक निमन्त्रणामा सेनापति शर्मा...
काठमाडौं, कात्तिक ११ : नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्मा भारत भ्रमणमा जाने भएका छन्।
भारतका सेनाध्यक्ष एम एम नरवणेको औपचारिक निमन्त्रणामा सेनापति शर्मा कात्तिक २३ गते भारत भ्रमणमा जाने भएका हु्न।
भ्रमणको क्रममा उनलाई भारतका महामहिम राष्ट्रपतिबाट मानार्थ महारथीको दर्जाबाट सम्मानित गर्नु हुने कार्यक्रम रहेको छ। साथैै, उनले यसै अवसरमा आफ्ना समकक्षी जनरल नरवणेलगायत भारतीय सेनाका विभिन्न व्यक्तित्वहरुसँग भेट गर्नेछन्।
भ्रमण कार्यक्रम कात्तिक २३ देखि २६ गतेसम्मको रहेको रक्षा मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १८:५४ बजे, बिहीबार, कात्तिक ११, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











