Kathmandu Press

जाली नोट र जाली नोट बनाउन प्रयोग हुने उपकरणसहित पक्राउ 

महोत्तरी, कात्तिक ११ : गौशाला नगरपालिका ५ गौशाला बजारबाट प्हरीले स्थानीय सुकन महतोलाई पक्राउ गरेको छ। ४४ वर्षीय महतोलाई नेपाली तथा भारतीय जाली...
जाली नोट र जाली नोट बनाउन प्रयोग हुने उपकरणसहित पक्राउ 

महोत्तरी, कात्तिक ११ : गौशाला नगरपालिका ५ गौशाला बजारबाट प्हरीले स्थानीय सुकन महतोलाई पक्राउ गरेको छ। ४४ वर्षीय महतोलाई नेपाली तथा भारतीय जाली नोट तथा जाली नोट बनाउन प्रयोग हुने उपकरणसहित बुधबार राति प्रहरीले पक्राउ गरेको हो। 
 
महतोले जाली नोट बनाउन प्रयोग हुने उपकरणसहित विभिन्न दरका नेपाली र भारतीय नोट छापेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरीले नोट बनाउन प्रयोग हुने उपकरण, नेपाली तथा भारतीय कटिङ गरिएको र नगरिएको नक्कली नोटहरू, सक्कली नेपाली तथा भारतीय नोटहरू सहित उनलाई पक्राउ गरेको हो।

उक्त ठाउँबाट तयारी तथा कटिङ नगरेको विभिन्न दरको नोट गरी ८ लाख ८२ हजार ४ सय २० नक्कली नेपाली रुपैयाँ, विभिन्न दरको कटिङ गरिएको र नगरिएको नोट गरी २ लाख ७७ हजार ९ सय ७० नक्कली भारतीय रुपैयाँ, विभिन्न दरको नोट गरी ५ हजार ७० नेपाली सक्कली रुपैयाँ, विभिन्न दरका नोट गरी २६ सक्कली भारतीय रुपैयाँ, १ थान कैची, १ थान प्रिन्टर, १ थान रवर स्टाम्प, लालीगुराँस छाप भएको फलामको ३ थान ढ्याक, महात्मागान्धी छाप भएको फलामको १ थान ढ्याक, ३ रिम कम्प्युटर पेपर, २ थान काठको ट्रेस फर्मा र १ थान मोबाईल बरामद भएको छ।  

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

प्रकाशित मिति: १८:३८ बजे, बिहीबार, कात्तिक ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्