राप्रपाले तेस्रो चरणको स्वाभिमान यात्रा भदौमा गर्ने
काठमाडौं, साउन २७ः राष्टिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्राको क्रममा बाँकी रहेका केही जिल्लाहरुमा आगामी म....

काठमाडौं, साउन २७ः राष्टिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्राको क्रममा बाँकी रहेका केही जिल्लाहरुमा आगामी महिना स्वाभिमान यात्रा सञ्चालन गर्ने भएको छ । सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकमा आगामी भाद्र २३ गतेबाट यात्रा सुुरु गर्ने निर्णय गरेको हो ।
राप्रपा प्रदेश नं. ३ को बैठकले उक्त निर्णय गरेको हो । पार्टीका सहायक महामन्त्री राजाराम बर्तौलाले दिएको जानकारीअनुसार, बैठकले आगामी भाद्र २३ गते सिन्धुलीबाट यात्रा सुरु गरी २५ गते काभ्रेपलाञ्चोकमा समापन गर्ने कार्यतालिका तय गरेको छ ।
यसअघि पहिलो चरणमा मेची–महाकाली, दोश्रो चरणमा मुक्तिनाथ देखि गोरखनाथसम्म यात्रा सम्पन्न भइसकेको छ । त्यसबेला बाँकी रहेका केही जिल्लामा तेश्रो चरणको यात्राको तयारी गरिएको छ । पार्टीका प्रवक्ता सुशील श्रेष्ठले अरु बाँकी जिल्लाहरुको यात्रा दशैं र तिहारबीचमा हुने बताए ।
बैठकको निर्णय र यात्रा तालिकाबारे पार्टी अध्यक्ष कमल थापालाई आजै जानकारी गराइएको पार्टीले जनाएको छ । अध्यक्ष थापाले यात्रालाई व्यवस्थित र प्रभावकारी बनाउन चुस्त ढंगले कार्य अघि बढाउन निर्देशन दिएको पनि सहायक महामन्त्री बर्तौलाले जानकारी दिए ।
बैठकमा यात्रा सञ्चालन हुने जिल्लाका केन्द्रीय पदाधिकारी, सदस्य एवं प्रदेशसभा सदस्य रीता माझीको उपस्थिति रहेको थियो ।

-1784896419.png)









