Kathmandu Press

घरमा र ट्रकमा आगलागी, विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं, कात्तिक ११ : बागलुङमा घर र कास्कीमा ट्रकमा आगलागी हुँदा विभिन्न धनमाल जलेर नष्ट भएका छन्।बागलुङको बडीगाड गाउँपालिका–५ अदुवाबारी बस्ने ५६ वर्षीय छमबहादुर...
घरमा र ट्रकमा आगलागी, विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं, कात्तिक ११ : बागलुङमा घर र कास्कीमा ट्रकमा आगलागी हुँदा विभिन्न धनमाल जलेर नष्ट भएका छन्।

बागलुङको बडीगाड गाउँपालिका–५ अदुवाबारी बस्ने ५६ वर्षीय छमबहादुर घर्ती क्षेत्रीको घरमा बुधबार दिउँसो आगलागी हुँदा घर भित्र रहेको सम्पूर्ण सामान पूर्ण रुपमा जलेर करिब ७ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ।

Hardik ivf

कास्कीको अन्नपूर्ण गाउँपालिका–१० किलुस्थित सडकमा ग१ख ५२१८ नम्बरको ट्रकमा बुधबार दिउँसो आगलागी हुँदा ट्रक पूर्ण रुपमा जलेर नष्ट भएको छ। सोही ठाउँस्थित नयाँपुलबाट घर निर्माणका लागि उक्त ट्रकमा रड र ब्लक लोड गरी घान्द्रुकतर्फ जाँदै गरको अवस्थामा अचानक आगलागी भएको हो। 

प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको जनाइएकाे छ।

प्रकाशित मिति: १६:५४ बजे, बिहीबार, कात्तिक ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्