मुलुक समृद्ध बनाउन शिक्षा क्षेत्रको सुधार आवश्यक: प्रचण्ड
काठमाडौं, साउन २७ : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकको शैक्षिक क्षेत्रको गुणात्मक विकासमा योग....

काठमाडौं, साउन २७ : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकको शैक्षिक क्षेत्रको गुणात्मक विकासमा योगदान गर्न सम्बद्ध सबै पक्षलाई आग्रह गरेका छन्।
सोमबार काठमाडौंमा आयोजित ‘१५ औं राष्ट्रिय शैक्षिक अवार्ड’ विवरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले मुलुकको शैक्षिक क्षेत्रको सुधारका लागि सरकारले आफ्नो तर्फबाट सक्दो पहल गरिरहेको दाबी गरे।
उनले मुलुकको शैक्षिक क्षेत्रको सुधारका लागि उच्चस्तरीय शिक्षा आयोगले सरकारलाई प्रतिवेदन बुझाएर महत्वपूर्ण योगदान पुर्याएको पनि स्पष्ट पारे। प्रचण्डले सरकारले शिक्षा क्षेत्रको सुधारका लागि आवश्यक कानून निर्माणको कामलाई पनि तीव्रता दिएको बताए।
उनले मुलुकको समृद्धिको यात्रालाई सार्थक बनाउन पनि शैक्षिक क्षेत्रमा सुधार गरेर अघि बढ्नुको विकल्प नरहेको बताए। प्रचण्डले जनताको जीवनसँग जोडिने गरी मुलुकको शैक्षिक क्षेत्रको सुधार नगरे मुलुकलाई समृद्ध बनाउने सरकारको संकल्प कल्पनामा मात्रै सीमित हुने पनि बताए।
उनले विकसित देशहरुले पनि शिक्षालाई उच्च प्राथमिकता दिने गरेको स्मरण गराउँदै नेपालजस्तो अल्पविकसित मुलुकले समृद्धिको अभियानलाई सार्थक बनाउन शिक्षा क्षेत्रमा व्यापक परिवर्तन हुनैपर्ने बताए।

-1784896419.png)









