Kathmandu Press

विवेकशील साझामा सङ्घीयता र धर्मनिरपेक्षतामा जनमतसङ्ग्रह गर्ने मिश्रकाे लाइन पारित

काठमाडौं, कात्तिक ११ : विवेकशील साझा पार्टीले  ‘मार्ग परिवर्तन : विचारभन्दा माथि देश’ नामक दस्तावेज पारित गरेको छ।केन्द्रीय समितिको आज बसेको बैठकले पार्टी अध्यक्ष...
विवेकशील साझामा सङ्घीयता र धर्मनिरपेक्षतामा जनमतसङ्ग्रह गर्ने मिश्रकाे लाइन पारित

काठमाडौं, कात्तिक ११ : विवेकशील साझा पार्टीले  ‘मार्ग परिवर्तन : विचारभन्दा माथि देश’ नामक दस्तावेज पारित गरेको छ।

केन्द्रीय समितिको आज बसेको बैठकले पार्टी अध्यक्ष रवीन्द्र मिश्रद्वारा हालै सार्वजनिक दस्तावेज ‘मार्ग परिवर्तन : विचारभन्दा माथि देश’ लाई अङ्गीकार गर्ने निर्णय गर्दै दुई तिहाइभन्दा बढी मतले पारित गरेको हो।

विवेकशील साझाका प्रवक्ता शरदराज पाठकले आज जारी विज्ञप्ति जारी गरेर त्यसबारे जानकारी गराएका हुन्।

उक्त दस्तावेजमा स्थानीय तहलाई पुनर्संरचना र सुदृढ गर्दै सङ्घीयता खारेजी तथा धर्म निरपेक्षतामाथि जनमत सङ्ग्रहको माग गरिएको छ।

तयार पारिएको उक्त दस्तावेजलाई केन्द्रीय समितिका १ सय २४ सदस्यमध्ये बैठकमा उपस्थित ९१ सदस्यले सर्वसम्मतिबाट अनुमोदन गरेका हुन्।

त्यसैगरी बैठकले पार्टी अध्यक्षलाई प्रमुख कार्यकारी भूमिका प्रदान गर्ने गरी विवेकशील साझा पार्टीको विधान पनि संशोधन गरेको छ।

पार्टी अध्यक्ष र संयोजकमा बराबरी कार्यकारी अधिकार रहँदा पार्टी सञ्चालन गर्न कठिनाइ उत्पन्न भएको निष्कर्ष बैठकले निकालेको थियो।

बैठकले पार्टीलाई अब तुरुन्तै बृहत्तर ध्रुवीकरण र एकतामा लिएर जाने र राष्ट्रिय राजनीतिमा हस्तक्षेपकारी शक्ति निर्माण गर्न आक्रामक रूपमा अघि बढ्ने निर्णय पनि गरेको छ।


 

प्रकाशित मिति: १५:५८ बजे, बिहीबार, कात्तिक ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्