परराष्ट्रमन्त्री डा खड्कासँग बेलायती राजदूतको शिष्टाचार भेट
काठमाडौं, कात्तिक ११ : परराष्ट्रमन्त्री डा नारायण खड्कासँग नेपालका बेलायतका राजदूत निकोला पोलिटबीच आज शिष्टाचार भेटवार्ता भएकाे छ। परराष्ट्र मन्त्रालयमा भएको भेटमा दुई...
काठमाडौं, कात्तिक ११ : परराष्ट्रमन्त्री डा नारायण खड्कासँग नेपालका बेलायतका राजदूत निकोला पोलिटबीच आज शिष्टाचार भेटवार्ता भएकाे छ। परराष्ट्र मन्त्रालयमा भएको भेटमा दुई देशबीच मित्रता र सहयोगका सम्बन्धमा कुराकानी भएको मन्त्रालयले जनाएको छ।
कुराकानीमा मन्त्री खड्काले कोभिड–१९ नियन्त्रणका क्रममा संयुक्त अधिराज्यका तर्फबाट प्राप्त विभिन्न सहयोगका लागि धन्यवाद दिँंदै स्कटल्याण्डमा हुन लागेको संयुक्त राष्ट्रसङ्घीय जलवायु परिर्वतनसम्बन्धी संरचना महासन्धि (युएनएफसिसिसी) का पक्ष राष्ट्रहरुको २६औँ सम्मेलन (कोप–२६)मा नेपालको सहभागिताले जलवायु परिवर्तनको समस्या न्यूनीकरणका लागि नेपालको प्रतिबद्धतालाई अझ पुष्टि गर्दछ भनिन्।
प्रकाशित मिति: १५:५२ बजे, बिहीबार, कात्तिक ११, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











