Kathmandu Press

अनाधिकृत रुपमा पार्किङ गर्ने ३९ हजार सवारीसाधन कारवाहीमा

काठमाडाैं, साउन २७ : ट्राफिक प्रहरीले अनाधिकृत रुपमा फुटपाथ तथा सडकमा पार्किङ गर्ने ३८ हजार ८८६ सवारीसाधनलाई कारवाही गरेको छ। 

महानगरीय....

अनाधिकृत रुपमा पार्किङ गर्ने ३९ हजार सवारीसाधन कारवाहीमा
फाइल

काठमाडाैं, साउन २७ : ट्राफिक प्रहरीले अनाधिकृत रुपमा फुटपाथ तथा सडकमा पार्किङ गर्ने ३८ हजार ८८६ सवारीसाधनलाई कारवाही गरेको छ। 

महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक वर्ष २०७५-०७६ मा जथाभावी रुपमा फुटपाथमा पार्किङ गर्ने उक्त सवारीसाधनलाई कारवाही गरेको हो। महाशाखाले आर्थिक वर्ष २०७४-०७५ मा ३३ हजार ७०३ सवारीसाधनलाई कारवाही गरेको थियो। 

महाशाखाले उपत्यकाको पुतलीसडक, दरबारमार्ग, लाजिम्पाट, न्यूरोड, बानेश्वर, कोटेश्वर, सातदोवाटो, कलङ्कीलगायतका फुटपाथ क्षेत्रमा अवैधरुपमा पार्किङ गर्ने सवारीसाधनलाई कारवाही गरेको हो। महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले ‘नो पार्किङ’ र फुटपाथमा पार्किङ गरेको सवारीसाधनलाई कारवाही गरिएको जानकारी दिए। 

महाशाखाले नो पार्किङ क्षेत्रमा पार्किङ गर्ने मोटरसाइकल तथा स्कुटरलाई नगर प्रहरीको सहायतामा बग्गीखानामा ल्याएर कारवाही गर्ने तथा ठूला सवारीसाधनलाई ‘ह्वील लक’ लगाउने गरेको छ। यातायात व्यवस्था विभागका अनुसार हाल देशभर झण्डै ३५ लाख तथा काठमाडौँ उपत्यकामा मात्र १० लाख हाराहारीमा सवारीसाधन सञ्चालनमा रहेका छन्। 

प्रकाशित मिति: १५:३५ बजे, सोमबार, साउन २७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्