Kathmandu Press

प्रतिनिधिसभा बैठक २९ कात्तिकसम्मलाई स्थगित

प्रतिनिधिसभाको बैठक २९ कात्तिकसम्मलाई स्थगित भएको छ ।
प्रतिनिधिसभा बैठक २९ कात्तिकसम्मलाई स्थगित
फाइल तस्बिर

काठमाडौं, कात्तिक ११ : प्रतिनिधिसभाको बैठक २९ कात्तिकसम्मलाई स्थगित भएको छ ।

१७ दिनपछि बिहीबार बसेको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल एमालेले नाराबाजी गर्दै अवरुद्ध बनाएको थियो ।

अवरोधका बीच सभामुख अग्निप्रसाद सापकोटाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र हमालले दिएको राजीनामा स्वीकृत भएको र उक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवालाई तोकिएको राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका थिए ।

यस्तै, प्रधानमन्त्री देउवाका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत गरे । यस्तै, बिरामी भई उपचाररत सांसदहरू झलनाथ खनाल, प्रदीप गिरी र कर्मा घले बैठकमा अनुपस्थितिको सूचना स्वीकृतिका लागि सभामुख सापकोटाले प्रस्तुत गरेका थिए । र, सभाले उक्त सूचना स्वीकृति जनाएको घोषणा गरेका थिए ।

प्रकाशित मिति: १४:४० बजे, बिहीबार, कात्तिक ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्