सरकार देश समृद्ध बनाउने अभियानमा : रक्षामन्त्री पोखरेल
काठमाडौं, साउन २७ : उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकलाई समृद्ध बनाउने अभियानमा सरकार केन्द्रित रहेको बताएका छन्।
....

काठमाडौं, साउन २७ : उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकलाई समृद्ध बनाउने अभियानमा सरकार केन्द्रित रहेको बताएका छन्।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले ‘समृद्ध नेपालः सुःखी नेपाली’ को राष्ट्रिय आकांक्षालाई पूरा गराउने कार्यमा क्रियाशील हुन युवाहरुलाई पनि आह्वान गरे।
उनले सरकारले पर्यटन, शिक्षा, स्वास्थ्य र पूर्वाधार क्षेत्रको विकास गरेर मुलुकलाई समृद्ध बनाउन चाहेको पनि स्पष्ट पारे। त्यसका लागि युवाहरुले पनि सक्रियतापूर्वक योगदान पुर्याउनुपर्ने उपप्रधानमन्त्री पोखरेलको भनाइ छ।
उपप्रधानमन्त्री पोखरेलले सरकारले मुलुकको समृद्धिका लागि उर्जा क्षेत्रको विकासमा पनि विशेष जोड दिएको स्पष्ट पारे।
कार्यक्रममा युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले राष्ट्र निर्माणको अभियानमा सहभागी हुन युवाहरुलाई आग्रह गरे। युवाहरुले मुलुकको समृद्धिका लागि आफूलाई सक्षम रहेको पुष्टि गरिसकेको उल्लेख गर्दै मन्त्री विश्वकर्माले अव कामै गरेर देखाउनुपर्ने आवश्यक्ता रहेको पनि बताए।
मन्त्री विश्वकर्माले युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सृजना गर्न सरकार लागि परेको दाबी गरे।

-1784896419.png)









