मेरो स्वास्थ्य राम्रो भएको छ : प्रधानमन्त्री
काठमाडाैं, साउन २७ : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्था राम्रो रहेको बताएका छन्।
आज सिंगापुरबाट उपचार गरेर स्वदेश फर्किएक....
काठमाडाैं, साउन २७ : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्था राम्रो रहेको बताएका छन्।
आज सिंगापुरबाट उपचार गरेर स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले स्वास्थ्य राम्रो भएको बताएका हुन्। ‘मेरो स्वास्थ्य अवस्था राम्रो भएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘मेरो स्वास्थ्यप्रति चिन्ता र चासो गर्ने सबैप्रति आभार प्रकट गर्छु।’
प्रधानमन्त्री ओली थाइ एयरवेजको बिमानबाट साढे १२ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन्। विमानस्थलमा सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, नेकपा नेता वामदेव गौतम, महासचिव विष्णु पौडेल, नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा बादल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली लगायतले उनलाई स्वागत गरेका थिए।
विमानस्थलमा मन्त्रीहरू, नेकपाका नेता–कार्यकर्ताहरू र सञ्चारकर्मीको भीड लागेको थियो।
१० दिनअघि साउन १८ गते प्रधानमन्त्री ओली स्वास्थ्य उपचार गर्न सिंगापुर गराएका थिए। उनको नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य उपचार भएको थियो।






