Kathmandu Press

स्वास्थ्य उपचार गरेर प्रधानमन्त्री ओली स्वदेश फिर्ता

काठमाडौं, साउन २७ : स्वास्थ्य उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन्। थाइ एयरवेजको बिमानबाट केहीबेरअघि साढे १२ बज....

स्वास्थ्य उपचार गरेर प्रधानमन्त्री ओली स्वदेश फिर्ता

काठमाडौं, साउन २७ : स्वास्थ्य उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन्। थाइ एयरवेजको बिमानबाट केहीबेरअघि साढे १२ बजे उनी त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन्।

विमानस्थलमा सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, नेकपा नेता वामदेव गौतम, महासचिव विष्णु पौडेल, नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा बादल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली लगायतले उनलाई स्वागत गरेका थिए । विमानस्थलमा मन्त्रीहरू, नेकपाका नेता–कार्यकर्ताहरू र सञ्चारकर्मीको भीड लागेको थियो । 

प्रधानमन्त्रीको स्वास्य स्थितिबारे आम नागरिकलाई जानकारी दिन उपस्थित ठूलो संख्यामा सञ्चारकर्मीहरू उपस्थित थिए । प्रधानमन्त्री ओली विमानस्थलमा सञ्चारकर्मीसँग कुनै प्रतिक्रिया नदिई सीधै प्रधानमन्त्रीनिवास बालुवाटारतर्फ हुइँकिएका थिए । 

१० दिनअघि साउन १८ गते प्रधानमन्त्री ओली स्वास्थ्य उपचार गर्न सिंगापुरको नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य उपचार गराउन त्यसतर्फ प्रस्थान गरेका थिए ।

प्रधानमन्त्री ओलीसँगै सिंगापुर गएका प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्य, मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल र निजी चिकित्सा डा दिव्यसिंह शाह पनि स्वादेश फर्किएका छन् ।

प्रकाशित मिति: १३:०९ बजे, सोमबार, साउन २७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्