Kathmandu Press

राजाको पालाभन्दा अहिले कृषि क्षेत्र बिग्रियो : मन्त्री खनाल

ललितपुर, साउन २७ : कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले कृषि  क्षेत्र बिग्रिदै गएको बताएका छन्। दलका नेताहरूले नेतृत्व गर्दा राजाको पा....

राजाको पालाभन्दा अहिले कृषि क्षेत्र बिग्रियो : मन्त्री  खनाल

ललितपुर, साउन २७ : कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले कृषि  क्षेत्र बिग्रिदै गएको बताएका छन्। दलका नेताहरूले नेतृत्व गर्दा राजाको पालामा जति पनि कृषि क्षेत्र सुधार नभएको बताए।

एशियन कृषि सम्मेलन तथा प्रदर्शनीमा कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै  बोल्दै मन्त्री खनाललले छिमेकी देश अघि बढिसक्दा पनि नेपाल जहाँको त्यही रहेको बताए। आजभन्दा १० वर्ष अघि भूटान, बंगलादेश, श्रीलंका, भारतलगायतका देश कृषिमा प्रगति गरिसकेको बताउदै उनले भने, ‘नेपालको कृषि जुन गतिमा अघि जानु पर्ने थियो, त्यो गति समात्न सकेको छैन।’ कृषिमा प्रगति भएपनि जति हुनुपर्ने हो, त्यति नभएको उनको भनाइ थियो।

युवालाई कृषिमा आकर्षित गर्नु पर्ने उनले बताए। अहिले कृष क्षेत्र बिग्रिदै गएको उनको भनाइ थियो। ‘यसो भन्दा कसैलाई चित्त दुख्ला तर, दलका नेताले नेतृत्व गरेपछि नेपालको कृषि राजाको पालाभन्दा बिग्रेको छ,’ मन्त्री खनाालले भने।

उनले सीमा क्षेत्रमा विषादी परीक्षण गर्न भौतिक पूर्वाधारको अभावमा मात्रै समस्या नभएको बताए। ‘बाहिर ६ वटा ल्याब छन् जसले दुई वटा समूह मात्र चेक गर्छ। हामीसँग संरचना नभएर विषादी जाँच नभएको होइन,’ खनालले भने।

काठमाडौंमा भएको ल्याबले सबै समूहको जाँच  गर्ने  बताए। नाकामा हरेक ट्रक जाँच गर्न वैज्ञानिक पनि नभएको उनको भनाइ थियो। हरेक ट्रक जाँच्न सम्भव पनि नहुने उनले बताए।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालय तथा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश ३ को सहकार्यमा सम्मेलन आयोजना गरिएको हो। यो मंगलबारसम्म चल्नेछ।

प्रकाशित मिति: १३:०५ बजे, सोमबार, साउन २७, २०७६