Kathmandu Press

खानेपानीको पाइप काटेर ढलमा (भिडियाेसहित)

काठमाडौं, साउन २७ : ढल निर्माणका क्रममा खानेपानीको पाइप काटिदिएपछि चावहिलको मैजुबहाल क्षेत्रको खानेपानी खेर गइरहेको छ। घरमा पानी आएको छैन। स्थानीय बास....

खानेपानीको पाइप काटेर ढलमा (भिडियाेसहित)
काठमाडौं प्रेस

काठमाडौं, साउन २७ : ढल निर्माणका क्रममा खानेपानीको पाइप काटिदिएपछि चावहिलको मैजुबहाल क्षेत्रको खानेपानी खेर गइरहेको छ। घरमा पानी आएको छैन। स्थानीय बासिन्दा मूल सडकमा फोहोरा छुटेर ढलमा बगिरहेको पानी हेरेर चित्त बुझाउँदै छन्।

स्थानीय बासिन्दाले दिएको जानकारीअनुसार, उक्त पाइप काटेर पानी खेर फालेको तीन दिन भइसकेको छ तर, कहिले बन्ने हो टुङ्गो छैन। भिडियो खिच्दै गर्दा सडकमा हिँडिरहेका एक युवकले प्रश्न गरे, ‘यो मेलम्चीको पानी हो, दाइ ?’

गौशाला-चावहिल क्षेत्रको सडक पानीपर्दा अत्यन्त हिलो र घाम लाग्नेबित्तिकै धुलोको कुइरिमण्डलमा फस्ने गरेको छ।

चाबहिलबाट चुच्चेपाटीतर्फ लाग्नेबित्तिकै दायाँ मोडिएर मैजुबहालतर्फ छिर्ने उक्त चोकमै खानेपानीको पाइप काटेर छाडिएको हो। उक्त पानी सँगै जोडिएको ढलको ह्युम पाइपबाट खेर गइरहेकाे छ। त्यहाँ पानी पर्नेबित्तिकै ढल फुटेर ठूलो पोखरी बन्दै सडकमा बन्ने गरेको स्थानीय बताउँछन्।

चोकमै जुत्ता पसल गरिरहेका स्थानीय एक पसलेले भने, ‘शायद् उपत्यकामै सबैभन्दा दुःख पाउने हामी हौँ जस्तो लाग्छ। ठूला नेता पनि मैजुबहालमै बस्छन्। कसैको आँखा छ जस्तो लागेन।’

प्रकाशित मिति: १२:०६ बजे, सोमबार, साउन २७, २०७६