सिसाले च्यापिएर कामदारको मृत्यु
पर्सा, कात्तिक १० : वीरगंज महानगरपालिका–१५ वाईपासस्थित मनिष अग्रवालको गोदाममा एचआर ५८ ए ३७७१ नम्बरको भारतीय ट्रकबाट सिसा अनलोड गर्ने क्रममा सिसामा च्यापिएर सोही...
पर्सा, कात्तिक १० : वीरगंज महानगरपालिका–१५ वाईपासस्थित मनिष अग्रवालको गोदाममा एचआर ५८ ए ३७७१ नम्बरको भारतीय ट्रकबाट सिसा अनलोड गर्ने क्रममा सिसामा च्यापिएर सोही महानगरपालिका–१९ बरवाटोल बस्ने ३८ वर्षीय सुरेन्द्र साह तेलीको मंगलबार दिउँसो मृत्यु भएको छ।
सिसाले च्यापिएर गम्भीर घाइते भएका उनको उपचारका लागि तराई अस्पताल वीरगन्जतर्फ लैजाने क्रममा बाटोमै भएको मृत्यु हो। हाल फरार रहेका ट्रकका चालक र सहचालकको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति: १५:४७ बजे, बुधबार, कात्तिक १०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-(86)-1764936079.jpg)


-1764760320.jpg)