Kathmandu Press

विप्लव कार्यकर्ताद्वारा वडा कार्यालयमा बम विष्फोट

झापा, साउन २७ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले झापाको बिर्तामोडस्थित वडा कार्यालयको भवनमा आज बिहान बम विष्फोट गर....

विप्लव कार्यकर्ताद्वारा वडा कार्यालयमा बम विष्फोट
फाइल फोटो

झापा, साउन २७ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले झापाको बिर्तामोडस्थित वडा कार्यालयको भवनमा आज बिहान बम विष्फोट गराएको छ।

बिर्तामोड नगरपालिकाको ७, ८ र ९ नम्बरको संयुक्त वडा कार्यालयमा बिहान ४ः३० बजे बम विष्फोट गराएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ।

प्रहरी निरीक्षक सुनिल श्रेष्ठका अनुसार, गरामनीमा रहेको संयुक्त वडा कार्यालयमा बम विष्फोट गराउँदा कार्यालयको झ्यालहरु क्षति भएको छ।। बम विष्फोटबाट कार्यालयको बाहिरी भवनमा क्षति पुगे पनि कागजात भने सुरक्षित रहेको प्रहरीको भनाइ छ ।  

घटनालगत्तै प्रहरीले अनुसन्धान सुरू गरेको प्रहरी निरीक्षक श्रेष्ठको भनाइ छ। विस्फोटनमा संलग्न व्यक्तिहरू पक्राउ पर्न सकेका छैनन्।

प्रकाशित मिति: १०:५० बजे, सोमबार, साउन २७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्