होण्डाले ल्यायो ३१ लाखको नयाँ बाईक
काठमाडौं, साउन २६ : पछिल्लो समय महँगा मोटरसाइकल चढ्ने सौखिनहरु नेपालमा पनि बढ्दै छन्। उनीहरूकोे रहरलाई पूरा गर्न होन्डा मोटरसाइलको आधिकारिक बिक्रेता स....
काठमाडौं, साउन २६ : पछिल्लो समय महँगा मोटरसाइकल चढ्ने सौखिनहरु नेपालमा पनि बढ्दै छन्। उनीहरूकोे रहरलाई पूरा गर्न होन्डा मोटरसाइलको आधिकारिक बिक्रेता स्याकर कम्पनीले महंगा मोटरसाइकल बिक्री गरिरहेको छ।
स्याकर कम्पनीले ३१ लाख ५० हजार रुपैयाँसम्म पर्ने मोटरसाइकल बिक्री गर्दै आएको छ। कम्पनीले महंगा मोटरसाइकलको चार लाख ८४ हजारदेखि ३१ लाख ५० हजार रुपैयाँसम्म पर्ने जनाएको छ।
सबैभन्दा महंगो भने होन्डा सिबी आर ६०० मोडलको मोटरसाइकलको रहेको छ। ६ सय सीसी इन्जिन क्षमता भएको यो मोडलको मोटरसाइकल नेपालमा सौखिनहरुको प्रयोग गर्ने गरेका छन्। यसको मूल्य ३१ लाख ५० हजार रहेको छ। जापानमा उत्पादन हुने यो मोडल नेपालमा लामो समयदेखि स्याकार कम्पनीले बिक्री गरिरहेको छ।
जापानमै उत्पादित सिबीआर ४०० मोटरसाइकलको मूल्य भने २२ लाख ७५ हजार रहेको छ । चार सय सीसी इन्जिन क्षमताको यो मोटरसाइकल पनि नेपालमा राम्रो बिक्री भइरहेको छ।
होन्डाको थाइल्यान्डमा उत्पादित २५० क्षमता भएको सीआरएफ मोडलको बाइक पनि महंगोको सूचिमा रहेको छ। यसको मूल्य ११ लाख २५ हजार रहेको छ।
अर्को थाइल्यान्डमा उत्पादित होन्डाकोे सीआरएफ २५० एलएच ईडी मोडलको मोटरसाइकलको मूल्य भने ११ लाख २५ हजार रहेको छ। २५० सीसी इन्जिन क्षमताको यो मोटरसाइकल नेपाली सडकमा धेरै वर्षदेखि गुड्दै आएको छ।
त्यस्तै, थाइल्यान्डमा उत्पादित होन्डाको सीआरएफ २५० एलएच ईडी मोडलको मूल्य १३ लाख २५ हजार रहेको छ।
होन्डाको चीनमा उत्पादित एक्सआर १५० एल मोडलमा बनेको १५० क्षमता मोटरसाइकलको मूल्य चार लाख ८४ हजार नौ सय रहेको छ। त्यस्तै, होन्डाकै एक्सआर १९० क्षमताको मूल्य पाँच लाख ४९ हजार नौ सय रुपैयाँ रहेको छ।
होन्डाकै सीबीआर २५० आरएसटी.डी मोटरसाइकल बजारमा आएको छ। यसको मूल्य ६ लाख ७१ हजार नौ सय रहेको छ। यो होन्डाले भारतमा उत्पादन गरेको हो। यहि ब्रान्डको २५० आर रेपसोल एक्स टीडी मोटरसाइकलको मूल्य सात लाख १२ हजार नौ सय रुपैयाँ रहेको छ।
त्यस्तै होन्डाको सिबी आर ए वी सी २५० सीसी क्षमताको मोटरसाइकलको मूल्य सात लाख ६१ हजार रहेको छ। यहि ब्रान्डको सीबीआर २५० आर रेपसोल एबीएसको मूल्य सात लाख ७६ हजार नौ सय रहेको छ।






