Kathmandu Press

सिंहदरबार घेराउ गर्न खोजेको आरोपमा ११ आन्दोलनकारी पक्राउ

काठमाडौं, साउन २६ : सिंहदरबार घेराउ गर्न खोजेको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ।

स्थानीय तहमा लोकसेवा आयोगले संविधानविपरित पदपूर्ति....

सिंहदरबार घेराउ गर्न खोजेको आरोपमा ११ आन्दोलनकारी पक्राउ

काठमाडौं, साउन २६ : सिंहदरबार घेराउ गर्न खोजेको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ।

स्थानीय तहमा लोकसेवा आयोगले संविधानविपरित पदपूर्ति गरेको भन्दै आन्दोलनरत आरक्षण बचाउ अभियानका ११ जनालाई पक्राउ गरिएको हो।

आरक्षण बचाउ अभियानले आज सिंहदरबार घेराउन कार्यक्रम राखेको थियो। त्यसका लािग उनीहरू भद्रकालीमा भेला भइरहेका थिए। प्रहरी टोलीले भद्रकालीबाटै नियन्त्रणमा लिएको हो।

नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष गोविन्द छन्त्याल, कुमार लिंदेन, दलमद्र्धन कामीसहित ११ जनालाई पक्राउ गरिएको आरक्षण बचाउ अभियानले जनाएको छ। उनीहरूलाई नेपाल पुलिस क्लबमा राखिएको छ।

अन्य आन्दोलनकारी विरोध प्रदर्शन जारी राखेका छन्।

प्रकाशित मिति: १४:०३ बजे, आइतबार, साउन २६, २०७६