अनियन्त्रित बसले अन्य तीनटा यात्रुबाहक बसलाई ठक्कर दिएपछि...
भक्तपुर, साउन २६ : अनियन्त्रित एउटा यात्रुबाहक बसले अन्य तीनटा यात्रुबाहक बसलाई ठक्कर दिएको छ।
भक्तपुरको मध्यपुरथिमि नगरपालिका–३ गठ्ठा....
भक्तपुर, साउन २६ : अनियन्त्रित एउटा यात्रुबाहक बसले अन्य तीनटा यात्रुबाहक बसलाई ठक्कर दिएको छ।
भक्तपुरको मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघर आकाशे पुलमुिन काठमाडौंबाट सिन्धुलीतर्फ जाँदै गरेको बा ४ ख ५७९४ नम्बरको बसले अन्य तीन बसलाई ठक्कर दिएको हो।
प्रत्यक्षदर्शीका अनुसार, तिब्र गतिमा रहेको त्यो बसले अगाडि गुडिरहेको बा ३ ख ७०९३ नम्बरको बसलाई ठक्कर दियो। ठक्कर खाएको बसका चालकले धन्न पल्टिनबाट जोगाए।
त्यसपछि त्यही बा ४ ख ५७९४ नम्बरको बसले बा ५ ख ४०२९ नम्बरको बसलाई र लगत्तै ना ६ ख ७१८५ नम्बरको बसलाई ठक्कर दियो। पछाडिबाट ठक्कर दिँदा ति बसका चालकले मुस्किलले पल्टिनबाट जोगाएको यात्रुहरूले बताए।
तीनै बसका यात्रु सकुसल रहेपछि ठक्कर दिने बा ४ ५७९४ नम्बरको बसका १६ यात्रु घाइते भएका छन्।
घाइतेमध्ये १३ जनालाई उपचारका लागि नागरिक अस्पताल गठ्ठाघर पठाइएको लगिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले बताए।
उनका अनुसार, अन्य तीन जना घाइतेलाई मध्यपुर अस्पतालमा लगिएको छ। सबै घाइते यात्रुको उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा परेका चारवटै सवारी साधनलाई महानगरीय ट्राफिक प्रहरी प्रभाग गठ्ठाघरको नियन्त्रणमा लिएको छ। ठक्कर दिने बस चालक सिन्धुलीको गोलानचोर गाउँपालिका–६ का ३० वर्षीय दीपकराज ठकुरीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।






