प्रधानमन्त्री ओलीकाे सिंगापुर बसाइ फेरि लम्बियो
काठमाडौं, साउन २६ : प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुर बसाइ फेरि लम्बिएको छ। उनी आज स्वदेश नफर्किने भएका छन्।
प्रधानमन्त्री ओली नियमित ....
काठमाडौं, साउन २६ : प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुर बसाइ फेरि लम्बिएको छ। उनी आज स्वदेश नफर्किने भएका छन्।
प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका लागि साउन १८ गते सिंगापुर गएका थिए। उनी स्वास्थ्य परीक्षणका लागि सिंगापुरमा एक साता बस्ने कार्यक्रम तय गरिएको थियो।
जसअनुसार, उनी गत शुक्रबार नै स्वदेश फर्किने कार्यक्रम रहेको थियो। तर, स्वास्थ्य परीक्षणका लागि समय लाग्ने जनाउदै आज स्वदेश फर्किने जानकारी दिइएको थियो। प्रधानमन्त्री ओली थप उपचार गर्नु पर्ने भएपछि आज पनि स्वदेश नफर्किने भएका हुन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार, उनी अझै एक दिन सिंघापुरमै बस्नेछन्। उनको उपचार नसकिएका कारण आज स्वदेश फर्किने कार्यक्रम रद्द गरिएको जनाएको छ।
प्रधानमन्त्री ओली भोलि दिउसो १२ः३० बजे स्वदेश फर्किने कार्यक्रम रहेको सचिवालयले जनाएको छ। उनको सिङ्गापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उपचार भइरहेको छ।
प्रधानमन्त्रीसँगै पत्नी राधिका शाक्य, निजी चिकित्सक डा.दिव्या सिंह, मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, स्वकीय सचिव राजेश बज्राचार्यसहित नौ सदस्य सिंगापुरमा रहेका छन्।






