Kathmandu Press

गाउँपालिका अध्यक्षको गाडीमा आगजनी

दाङ, साउन २६ : बङ्गलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वलीले प्रयोग गर्ने गाडीमा अज्ञात समूहले आगजनी गरेको छ।

गए राति करिब पौने १ बजे आगज....

गाउँपालिका अध्यक्षको गाडीमा आगजनी

दाङ, साउन २६ : बङ्गलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वलीले प्रयोग गर्ने गाडीमा अज्ञात समूहले आगजनी गरेको छ।

गए राति करिब पौने १ बजे आगजनी भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। आगजनीबाट रा १ झ १५२ नं.को गाडीको अगाडिको भाग पूर्णरूपमा जलेर क्षति भएको गाउँपालिका अध्यक्ष वलीले बताए।

बङ्गलाचुली गाउँपालिका–५ मुर्कुटीको कार्यालय परिसरमा पार्किङ गरी राखिएको अवस्थामा अज्ञात समूहले गाडीमा आगजनी गरेको हो।

आगलागी भएको जानकारी पाउनासाथ आगो नियन्त्रण गर्न र घटना बुझ्न इलाका प्रहरी कार्यालय कमिरेचौरबाट प्रहरी खटिएको थियो। आगो प्रहरी टोली र स्थानीयवासीले नियन्त्रणमा लिएका थिए।

घटना कसले र किन गराएको भन्ने खुलेको छैन । विप्लवका कार्यकर्ताले आगजनी गरेको हुनसक्ने प्रहरीको आशङ्का छ। अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बेलबहादुर पाण्डेले बताए।

प्रकाशित मिति: १०:२५ बजे, आइतबार, साउन २६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्