भोजपुरमा बस दुर्घटना, १० घाइते, एकको अवस्था गम्भीर
भोजपुर, साउन २६ : भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको अन्नपूर्णबाट यात्रु लिएर विराटनगरका लागि छुटेको मे १ ख ३१६४ नं.को बस भोजपुर नगरपालिकाको वडा नं ३ र....

भोजपुर, साउन २६ : भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको अन्नपूर्णबाट यात्रु लिएर विराटनगरका लागि छुटेको मे १ ख ३१६४ नं.को बस भोजपुर नगरपालिकाको वडा नं ३ र ४ को सिमानामा पर्ने चम्पिरेखोला नजिकै दुर्घटना भएको छ।
आज बिहान घुम्तीमा अनियन्त्रित भई बस सडकको नालीमा खस्दा १० घाइते भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। घाइतेमध्ये सात जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ।
उनीहरूको जिल्ला अस्पताल भोजपुरमा उपचार भइरहेको छ। उनीहरूमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
गम्भीर घाइते हुनेमा झापाका अर्जुन लिम्बू रहेको प्रहरीको भनाइ छ। उनी गाडीका सहचालक हुन्। उनको टाउकोलगायत विभिन्न ठाउँमा चोट लागेको छ।
घाइतेहरुमा भोजपुर नगरपालिका–३ की २२ वर्षीया सङ्गीता प्रधान, २४ वर्षीया मनिषा श्रेष्ठ, १७ वर्षीया अस्मिता श्रेष्ठ, ३१ वर्षीय गोविन्द प्रधान र ११ वर्षीय विवेक श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
त्यस्तै टेम्केमैयुङ गाउँपालिका-३ की ५५ वर्षीया गङ्गादेवी राई, मोरङकी २१ वर्षीया सविना गौतम भट्टराई र चालक इलामका सन्तकुमार फागो सामान्य घाइते भएका छन्। घटनापश्चात चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

-1784896419.png)









