Kathmandu Press

दुई मजदूरको मृत्यु भएपछि स्थानीयले लगाए तीन एक्साभेटरमा आगो

धादिङ, साउन २५ : खोलामा एक्साभेटरले खनेको खाडलमा परेर हराएका गजुरी नगरपालिका–६ का दुई मजदूरको शव फेला परेको छ। 

खोला तथा नदी....

दुई मजदूरको मृत्यु भएपछि स्थानीयले लगाए तीन एक्साभेटरमा आगो

धादिङ, साउन २५ : खोलामा एक्साभेटरले खनेको खाडलमा परेर हराएका गजुरी नगरपालिका–६ का दुई मजदूरको शव फेला परेको छ। 

खोला तथा नदीमा ठूला मेसिन प्रयोग गरेर उत्खनन गर्न नपाइने नियम विपरीत दरिङ्गाल खोलाबाट अवैध रुपमा प्रयोग भएका मेसिनले बनाएका खाडलमा परेका चार जनामध्ये दुई जना हराइरहेका थिए।  

हराइरहेका गजुरी गाउँपालिका–६ निवासी १८ वर्षीय भीमबहादुर स्याङ्तान र २३ वर्षीय सुमन स्याङतानको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजकुमार वैद्धवारले बताए। 

खोलामा एक्साभेटरले खनेको खाल्डोमा परेर उनीहरुको ज्यान गएपछि आक्रोशित भएका गाउँलेले खोलामा भएका तीन एक्साभेटर जलाएका छन्। आक्रोसित गाउँवासीले उचित क्षतिपूर्ति दिनुपर्ने, खोलामा मेसिन हाल्न बन्द गर्नुपर्ने र खोलामा मेसिन लगाउनेलाई कारवाहीको माग गर्दै पदर्शन गरेका छन्।

यस वर्षदेखि दरिङ्गाल खोलामा एस्काभेटर लगायतका ठूला मेसिन प्रयोग गरेर बालुवा झिक्ने गरेपछि मजदूर विस्थापित भएका थिए। जोखिम मोलेर बालुवा झिक्न गएका बेला उनीहरु गहिरो खाडलमा फसेपछि हराएका थिए। 

प्रकाशित मिति: १६:४९ बजे, शनिबार, साउन २५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्