Kathmandu Press

उपलब्धि उल्ट्याउन खोज्नेहरू रछ्यानमा मिल्किनेछन् : प्रचण्ड

काठमाडौं, साउन २५ : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लामो संघर्ष र बलिदान पछि प्राप्त उपलब्धिलाई कसैले उल्ट्याउन नसक्ने....

उपलब्धि उल्ट्याउन खोज्नेहरू रछ्यानमा मिल्किनेछन् : प्रचण्ड
फाइल

काठमाडौं, साउन २५ : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लामो संघर्ष र बलिदान पछि प्राप्त उपलब्धिलाई कसैले उल्ट्याउन नसक्ने बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित एकीकृत अखिल नेपाल शिक्षक उपत्यकास्तरीय संयुक्त जिल्ला परिषद्लाई सम्बोधन गर्दै प्रचण्डले जनतामा आएको राजनीतिक सामाजिक जागरणसहितको परिवर्तनलाई कसैले उल्टाउन नसक्ने बताएका हुन्।

उनले परिवतएन निरन्तर अघि बढिरहने भन्दै उनले इतिहास उल्ट्याउन गरिने प्रयास र तीनका अगुवाहरु अन्ततः सबै फोहोरको थुप्रोमा मिल्क्याइने बताए। उनले इतिहास र उपलब्धिलाई उल्टाउन खोज्नेहरु रछ्यान मिल्क्याइने चेतावनी दिए। 

‘जनतामा राजनीतिक सामाजिक जागरण सहित अगाडि बढेको विद्रोह र त्यसका उपलब्धिलाई कसैले उल्ट्याउन सकेको छैन। इतिहासको चक्का निरन्तर अगाडि बढ्छ। पछाडि धकेल्न चाहनेहरुलाई इतिहासको रछ्यानमा मिल्क्याइने छ,’ प्रचण्डले भने।

उनले प्रतिगमनको प्रभाव नेपाली राजनीतिमा पर्न नदिनका लागि नै कम्युनिष्ट एकता गरिएको स्पष्ट पारे। उनले पुराना सोच, संरचना, मुल्य मान्यतालाई व्यवहारतः विस्थापित गरेर नयाँ सोच, मुल्य मान्यता र संस्कृति अघि बढाउने चुनौती अहिले पनि कायम रहेकाले परिर्वतन पक्षधरहरुले नेतृत्वदायी भूमिका खेल्नु पर्ने बताए।

प्रकाशित मिति: १५:५४ बजे, शनिबार, साउन २५, २०७६