Kathmandu Press

माटोको ढिस्को खसेर पुरिँदा मृत्यु 

माटोको ढिस्को खसेर पुरिँदा मृत्यु 

पर्सा, कात्तिक ७ : वीरगन्ज महानगरपालिका-३२ चोर्नी बस्ने मनोज कुमार मण्डलकी छोरी ५ वर्षीया अर्चना कुमारीको माटो खन्ने क्रममा माटोको ढिस्को खसेर पुरिँदा शनिबार दिउँसो मृत्यु भएको छ। 

अर्चना र उनकै दिदी ७ वर्षीया सिवानी कुमारी माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर गम्भीर घाइते भएकोमा वीरगंज हेल्थ केयर अस्पतालमा उपचारको क्रममा अर्चनाको मृत्यु भएको हो भने सिवानीलाई सोही अस्पताल हुँदै थप उपचारका लागि नारायणी अस्पताल वीरगंज पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १७:३० बजे, आइतबार, कात्तिक ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्