चोरीको आरोपमा युवक पक्राउ
धनुषा, कात्तिक ७ धनुषाधाम नगरपालिका–४ चिरैयाटोल बस्ने उतिमलाल यादवको घरबाट धनमाल चोरी गरेको आरोपमा लक्ष्मिनियाँ गाउँपालिका–३ बस्ने २२ वर्षीय सुशील मलिकलाई शनिबार राति...
धनुषा, कात्तिक ७ धनुषाधाम नगरपालिका–४ चिरैयाटोल बस्ने उतिमलाल यादवको घरबाट धनमाल चोरी गरेको आरोपमा लक्ष्मिनियाँ गाउँपालिका–३ बस्ने २२ वर्षीय सुशील मलिकलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ।
मलिकलगाएत पाँचजनाले यादवको घरबाट नगद, सुन तथा चाँदीका गहना र मोबाइल लगायतका सामान गरी करिब २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल चोरी गरी भाग्ने क्रममा मलिकलाई स्थानीयले नियन्त्रणमा लिएपछि इलाका प्रहरी कार्यालय धनुषाधामबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
चोरीमा संलग्न भइृ फरार रहेकाहरूको खोजी गरिरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १५:५७ बजे, आइतबार, कात्तिक ७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-(86)-1764936079.jpg)


-1764760320.jpg)