एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु
बुटवल, कात्तिक ७ : रुपन्देहीमा गुडिरहेको एम्बुलेन्ससँग मोटरसाइकलले ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ।मृत्यु हुनेमा मोटरसाइकल चालक गुल्मी स्थायी घर भई रुपन्देहीको तिलोत्तमा...
बुटवल, कात्तिक ७ : रुपन्देहीमा गुडिरहेको एम्बुलेन्ससँग मोटरसाइकलले ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा मोटरसाइकल चालक गुल्मी स्थायी घर भई रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ बस्ने २४ वर्षीय अनमोल थापा र सोही मोटरसाइकलमा सवार सैनामैना–४ का ३५ वर्षीय निसान क्षेत्री रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार गम्भीर घाइते भएका थापा र क्षेत्रीको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो।
पश्चिमबाट बुटवलतर्फ आइरहेको लु१झ २८७ नम्बरको एम्बुलेन्स र बुटवलबाट पश्चिमतर्फ गइरहेको लु२४प ३९८७ नम्बरको मोटरसाइकल बुटवल उपमहानगरपालिका–१२ मा ठोक्किएका थिए।
एम्बुलेन्स चालक गैडहवा गाउँपालिका–६ का ३६ वर्षीय सुरेन्द्र मुराउ सामान्य घाइते भएको र उपचारपछि उनलाई प्रहरीले नियन्त्रणमा राखेको जनाइएको छ।
प्रकाशित मिति: १३:२१ बजे, आइतबार, कात्तिक ७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












