Kathmandu Press

सेनाले रिक्त पद पूर्तिका लागि माग्याे आवेदन (सूचनासहित)

सेनाले रिक्त पद पूर्तिका लागि माग्याे आवेदन (सूचनासहित)

काठमाडौं, कात्तिक ७ : नेपाली सेनाले  कल्याणकारी कोषको लगानीमा सञ्चालित विभिन्न निकायमा रिक्त पदहरूकाे पूर्तिका लागि आवेदन माग गरेको छ।

आइतबार एक सूचना जारी गर्दै सैनिक कल्याणकारी योजना निर्देशनालयले इच्छुक र योग्यता पुगेका उम्मेदवारले १५ दिनभित्र महानिर्देशनालय, जंगी अड्डा र सम्बन्धित महाविद्यालय तथा विद्यालयका साथै सैनिक अस्पतालहरुमा आवेदन दिन सक्ने जनाएको छ।

उक्त सूचनाअनुसार विभिन्न सैनिक अस्पताल, नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठान, स्वास्थ्य व्यवस्थापन महाशाखा, इपिसेन्टर कार्यालय, सैनिक आवासीय महाविद्यालयलगायतमा कर्मचारी माग गरिएको छ।

सेनाले कल्याणकारी कोषअन्तर्गत अस्पताल, विद्यालय, पेट्रोलपम्प लगायत सञ्चालन गर्दै आएको छ।


 

प्रकाशित मिति: १२:३९ बजे, आइतबार, कात्तिक ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्