Kathmandu Press

दिक्तेलमा भुस्याहा कुकुर आतंक

खोटाङ, कात्तिक ७ : पहिचान नभएका भुस्याहा कुकुरको टोकाइबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारमा शनिबार १५ जना घाइते भएका छन्।घाइतेको जिल्ला अस्पताल...
दिक्तेलमा भुस्याहा कुकुर आतंक

खोटाङ, कात्तिक ७ : पहिचान नभएका भुस्याहा कुकुरको टोकाइबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारमा शनिबार १५ जना घाइते भएका छन्।

घाइतेको जिल्ला अस्पताल दिक्तेलमा रेविजविरुद्धको भ्याक्सिन लगाएर पठाइएको जिल्ला अस्पतालका प्रमुख डा बैभव मल्लिकले जानकारी दिए। उनीहरु सबैको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

Hardik ivf

जिल्लाको प्रमुख व्यापारिक केन्द्रसमेत रहेको बजारमा यसअघिदेखि नै कुकुरको बिगबिगी थियो। करिब दुई वर्षअघि पनि भुस्याहा कुकुरले जथाभावी मान्छेलाई टोक्न थालेपछि नगरपालिकाले नियन्त्रण गर्न थालेपछि चौतर्फी विरोध भएपछि स्थगन गरिएको थियो।

नेकपा माओवादी केन्द्रका युवानेता मिलनचन्द्र राईले भुस्याहा कुकुरको आतङ्क तत्काल नियन्त्रण गर्न नगरपालिकासँग माग गरे।  बजारमा रातका समयमा हिँडडुल गर्नसमेत समस्या रहेको स्थानीय बासिन्दाले बताएका छन्।  ऐसेलुखर्क गाउँपालिकामा समेत  कुकुरको बिगबिगी बढेको स्थानीय बासिन्दाले जनाएका छन्।

 

प्रकाशित मिति: ०९:३९ बजे, आइतबार, कात्तिक ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्