Kathmandu Press

आज पनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

काठमाडौं, कात्तिक ७ : आज पनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार...
आज पनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

काठमाडौं, कात्तिक ७ : आज पनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर आंशिकदेखि सामान्य बदली रहने भएको छ। उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हिमपात हुने महाशाखाले जनाएको छ।

Hardik ivf

पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभावका कारण पानी र हिमपातको सम्भावना रहेको छ। कृषिसँग सम्बन्धित काम र धुमफिर गर्दा आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।

आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रही बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थान हल्का वर्षा भइरहेको छ। दिउँसो पनि देशभर मौसम बदली रही सबै प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै‚ उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राति देशभर मौसम बदली रहने छ। प्रदेश १ र बागमती प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक वा दुई स्थान हल्का वर्षाको सम्भावना रहेको छ।

 

प्रकाशित मिति: ०८:०३ बजे, आइतबार, कात्तिक ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्