करेन्ट लागेर सर्लाहीमा दुई जनाको मृत्यु
सर्लाही, कात्तिक ७ : सर्लाहीमा करेन्ट लागेर दुई जनाको जनाको मृत्यु भएको छ।ईश्वरपुर नगरपालिका-१५ सुकनाहामा ट्य्बेलमा पानी चलाउने क्रममा अचानक करेन्ट लाग्दा ब्रहम्पुरी...
सर्लाही, कात्तिक ७ : सर्लाहीमा करेन्ट लागेर दुई जनाको जनाको मृत्यु भएको छ।
ईश्वरपुर नगरपालिका-१५ सुकनाहामा ट्य्बेलमा पानी चलाउने क्रममा अचानक करेन्ट लाग्दा ब्रहम्पुरी गाउँपालिका–७ मोहनगङ्जका २८ वर्षीया पपितादेवी साहको मृत्यु भएको ब्रहम्पुरी कार्यपालिका सदस्य ललन साहले जानकारी दिए।
यसैगरी करेन्ट लागेर नै ब्रहम्पुरी-२ का ४० वर्षीय सुरेन्द्र साहको मृत्यु भएको प्रहरी निरीक्षक कृष्ण गिरीले जानकरी दिए। विद्युतीय पोलमा वाइफाईको तार जोड्न जाँदा साहलाई शनिबार साँझ करेन्ट लागेको थियो।
यसैबीच बागमती नगरपालिका-५ मा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा बागमती-८ का १४ वर्षीय बालक प्रकाशबहादुर थिङको शनिबार राति मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ०७:०९ बजे, आइतबार, कात्तिक ७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












