Kathmandu Press

जलवायु परिवर्तनलाई लक्षित गरेर विशेष कार्यक्रम ल्याउनु जरुरी छ : मन्त्री बडु

गोदावरी, कात्तिक ६ : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले सरकारले जलवायु परिवर्तनलाई लक्षित गरेर विशेष कार्यक्रम ल्याउन जरुरी रहेको बताएका छन्।नेपाली...
जलवायु परिवर्तनलाई लक्षित गरेर विशेष कार्यक्रम ल्याउनु जरुरी छ : मन्त्री बडु
Hardik ivf

गोदावरी, कात्तिक ६ : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले सरकारले जलवायु परिवर्तनलाई लक्षित गरेर विशेष कार्यक्रम ल्याउन जरुरी रहेको बताएका छन्।

नेपाली कांग्रेस कैलालीले आज धनगढीमाकाठ आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले जलवायु परिवर्तनका कारण मुलुकले ठूलो क्षति बेहोर्नु परेकाले जलवायु परिवर्तनसम्बन्धी विशेष कार्यक्रम ल्याउन जरुरी रहेको बताए। सरकारले अहिले जलवायु परिवर्तनसम्बन्धी कार्यक्रम ल्याउन नसके भविष्यमा मुलुकले ठूलो क्षति बेहोर्नसक्ने भएकाले यसलाई सरकारले महत्वका साथ लिनुपर्नेमा उनको जोड थियो। 

उनले सरकारले बाढी, पहिरो र डुबानका कारण मारमा परेका किसानलाई लक्षित गरेर तत्काल राहतसहितका प्याकेज अघि बढाइने बताए। मन्त्री बडुले बाढी, पहिरो र डुबानका कारण सबैभन्दा मारमा किसान वर्ग परेकाले सरकारले तत्काल राहतको व्यवस्था गर्ने जानकारी दिए।
    
उनले सरकारको आफ्नो स्रोतले नभ्याएमा वैदेशिक सहयोग जुटाएर भए पनि मारमा परेका किसानलाई राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न सरकार लागिपर्ने बताए। उनले आफू बाढी, पहिरो र डुबानका बेला सुदूरपश्चिम भ्रमणमा रहेको जनाउँदै आफ्नै आँखाले यहाँ भएको क्षति देखेको बताए। 

प्रकाशित मिति: १९:२४ बजे, शनिबार, कात्तिक ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्