Kathmandu Press

‘धर्म, संस्कृतिलाई पर्यटनसँग जोड्नु पर्दछ’

गण्डकी, कात्तिक ६ : गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले नेपाली धर्म, कला र संस्कृतिलाई अब पर्यटनसँग जोड्नुपर्ने बताएका छन्। पोखरा महानगरपालिका– २२ स्थित...
‘धर्म, संस्कृतिलाई पर्यटनसँग जोड्नु पर्दछ’

गण्डकी, कात्तिक ६ : गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले नेपाली धर्म, कला र संस्कृतिलाई अब पर्यटनसँग जोड्नुपर्ने बताएका छन्। पोखरा महानगरपालिका– २२ स्थित ज्योर्तिलिङ्ग शिवालय मन्दिरको चौथो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनको आज उद्घाटन गर्दै उनले प्राकृतिकरुपमा सम्पन्न एवं बहु जातजाति भएको मुलुक नेपालले धर्म र संस्कृतिलाई समेत पर्यटनसँग जोड्नुपर्ने आवश्यकता औँल्याए।

गुप्तेश्वर गुफा, विश्वशान्ति स्तूपा, पुम्दीकोटको विशाल महादेवको मूर्ति क्षेत्रमा धार्मिक पर्यटकको आकर्षण बढेको जनाउँदै मन्त्री बरालले धार्मिक र ऐतिहासिक महत्व राख्ने नेपाली परम्परागत मठ, मन्दिर र शिवालयको संरक्षण गर्नुपर्नेमा जोड दिए।

Hardik ivf

पोखरा–२२ का वडाध्यक्ष मित्रलाल बरालले विशाल महादेवको मूर्तिका कारण पुम्दी भुम्दीमा धार्मिक पर्यटनको सम्भावना ह्वात्तै बढेको जनाउँदै यसबाट स्थानीय बासिन्दाले भरपुर फाइदा लिने खालका गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड दिए।

करिब चार वर्षअघि स्थापना गरिएको उक्त मन्दिरमा हाल २१ लाख ५५ हजार रुपैयाँ लगानी भएको छ भने मन्दिरमा हाल दैनिक पूजापाठ गर्न एक जना पुजारीको समेत व्यवस्था गरिएको ज्योर्तिलिङ्ग शिवालय मन्दिर व्यवस्थापन समितिका अध्यक्ष धर्मराज अर्यालले जानकारी दिए।
 
कार्यक्रममा पण्डित पुण्यप्रसाद बराल, गुप्तेश्वर गुफा समितिका उपाध्यक्ष इश्वरी लम्साल, मन्दिरको अनुगमन समितिका संयोजक ऋषिराम बराल, उपाध्यक्ष खेमराज बराल, महासचिव मोहनकुमार मैनाली, कोषाध्यक्ष सुनिता पौडेल लगायतले धार्मिक क्षेत्रको महत्वमाथि प्रकाश पारेका थिए।

प्रकाशित मिति: १८:२८ बजे, शनिबार, कात्तिक ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्