त्रिशूली नदी किनारमा महिला र बालकको शव फेला
दमौली, साउन २५ : तनहुँको देवघाट गाउँपालिका–५ भुवनटारस्थित त्रिशूली नदीमा एक महिला र बालकको शव फेला परेको छ।
नदी किनारमा अन्दाजी २....
दमौली, साउन २५ : तनहुँको देवघाट गाउँपालिका–५ भुवनटारस्थित त्रिशूली नदीमा एक महिला र बालकको शव फेला परेको छ।
नदी किनारमा अन्दाजी २५-२६ वर्षीया महिला र ६-७ वर्षको बालकको शव फेला परेको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए। मृत फेला परेका महिला र बालकको नाम र ठेगाना खुल्न सकेको छैन।
नदी किनारमा स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनाबारे अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रकाशित मिति: ११:३३ बजे, शनिबार, साउन २५, २०७६
थप समाचार






