Kathmandu Press

मृत अवस्थामा तीनजना फेला

काठमाडौं, कात्तिक ६ : विभिन्न जिल्लामा तीनजना मृत अवस्थामा फेला परेका छन्।सुनसरीको इटहरी उपमहानगरपालिका–१८ बस्ने ५५ वर्षीय साईला भन्ने सिङ बहादुर कार्की सोही उपमहानगरपालिका–१७...
मृत अवस्थामा तीनजना फेला

काठमाडौं, कात्तिक ६ : विभिन्न जिल्लामा तीनजना मृत अवस्थामा फेला परेका छन्।

सुनसरीको इटहरी उपमहानगरपालिका–१८ बस्ने ५५ वर्षीय साईला भन्ने सिङ बहादुर कार्की सोही उपमहानगरपालिका–१७ स्थित हद्राहा खोलामा शुक्रबार मृत अवस्थामा फेला परेका छन्।

Hardik ivf

नवलपरासी (पश्‍चिम) को बर्दघाट नगरपालिका–२ चिसापानी ब्लक नम्बर–३ स्थित खहरेखोला छेउको बाँसघारीमा सोही नगरपालिका–३ लगुना टोल बस्ने २१ वर्षीय दिपक लम्तरी शुक्रबार मृत अवस्थामा फेला परेका छन्।

मोरङको सुन्दरहरैचा नगरपालिका–७ डेरा गरी बस्ने सोही नगरपालिका–१० घर भएका ३८ वर्षीय कृष्ण रेग्मी आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेका छन्।

सिरहाको गोलबजार नगरपालिका–६ ग्रामिणस्थित टहरामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन्।

प्रकाशित मिति: १८:०३ बजे, शनिबार, कात्तिक ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्