कुशवाहमाथि भएको दुर्व्यवहारप्रति हेटौँडामा इन्जिनियरहरुको विरोध प्रदर्शन
वागमती, कात्तिक ६ : वागमती प्रदेशको राजधानी हेटौँडामा इन्जिनियरहरुले जनकपुरमा सरकारी इन्जिनियरमाथि भएको दुर्व्यवहारको विरोधमा आज प्रदर्शन गरेका छन्।खानेपानी तथा ढल निकास एवम्...
वागमती, कात्तिक ६ : वागमती प्रदेशको राजधानी हेटौँडामा इन्जिनियरहरुले जनकपुरमा सरकारी इन्जिनियरमाथि भएको दुर्व्यवहारको विरोधमा आज प्रदर्शन गरेका छन्।
खानेपानी तथा ढल निकास एवम् व्यवस्थापन कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहमाथि भएको दुर्व्यवहारको विरोधमा हेटौँडामा विरोध प्रदर्शन भएको हो । प्रदर्शनमा ‘सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल’को आयोजनामा मकवानपुरका सरकारी कार्यालय र निजी क्षेत्रका इन्जिनियरको सहभागिता थियो।
हेटौँडाको बुद्धचोकमा भएको सो विरोध प्रदर्शनका क्रममा इन्जिनियरहरुले ब्यानरसहित हातमा कालोपट्टी बाँधेर दोषीमाथि कारबाहीको माग गरेका थिए।
प्रकाशित मिति: १४:२८ बजे, शनिबार, कात्तिक ६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












